मकवानपुरको भीमफेदीमा ग्यास बुलेट दुर्घटना
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/accident.jpg)
मकवानपुर । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको भीमफेदीमा ग्यास बुलेट दुर्घटना भएको छ ।
आइतबार सााझ भीमफेदी गाउँपालिका वडा नम्बर १ त्रिखण्डी मन्दिर नजिकै बुलेट गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हेटौंडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको भारतीय बुलेट गाडी दुर्घटना भएको हो ।
ग्यास बुलेट दुर्घटनाका कारण सो सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । उक्त दुर्घटनामा परेर मानवीय क्षति भने नभएको उनले बताए ।
ग्यास बुलेटका चालक र सहचालक दुवै जना सकुशल रहेका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।