सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
![](https://www.tukhabar.com/wp-content/uploads/2021/08/sun.png)
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको भाउ बढ्दै गएको छ । यससँगै सोमबार सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ ।
भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।