राप्रपा नेपालका अध्यक्ष कमल थापा दिल्ली प्रस्थान

तु खबर संवाददाता
२०८१ माघ २८,सोमबार १४:३६
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा दिल्ली प्रस्थान गरेका छन् । विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त थापा आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने कार्यसूची रहेको जनाइएको छ ।

भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुनसक्ने स्रोतले बतायो । भ्रमणमा थापाको पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा) नेत्रबहादुर थापा र बहिनी रिता थापा रहेका छन् ।

अध्यक्ष थापा आगामी फागुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले बताए ।