आज कारोबार र बजार दुबै घट्यो

तु खबर संवाददाता
२०८१ माघ २८,सोमबार १६:१२

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेको छ ।

आज बजार परिसूचक १० दशमलव ९८ अंकले घट्दा परिसूचक २ हजार ६७७ दशमलव ३२ अंकमा पुगेको हो ।

आज बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार बजारमा ८ अर्ब ३३ करोडको कारोबार भएको थियो ।

यस्तै, आज समग्र बजार घट्दा आज १६१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७७ कम्पनीको मूल्य बढ्दा ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।