संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ २८,सोमबार १६:४७

काठमाडौं । संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खगेन्द्र सुनुवार रहेका छन् ।

दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई बानेश्वर वृत्तमा लगेको छ ।

निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।