थारू महिला समाजको अध्यक्षमा अनिता
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/tharu-mahila.jpg)
काठमाडौं । थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएका छन् । समाजको छैठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चौधरी निर्वाचित भएका हुन् ।
यस्तै, महिला समाजको केन्द्रीय उपाध्यक्षमा इन्दु चौधरी, महासचिवमा मायाकुमारी चौधरी, सचिवमा सरला चौधरी, कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित भएका छन् ।
यसैगरी, समाजको केन्द्रीय सदस्यहरूमा क्रमशः बन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशिकुमारी चौधरी, बबिता चौधरी, पिङ्कीकुमारी चौधरी र सुशिलाकुमारी चौधरी रहेका छन् ।
नवनिर्वाचितलाई पद तथा गोपनीयताको शपथ निर्वाचन अधिकृत एवम् अधिवक्ता सोनु थारूले गराएकी थिइन् ।