आज तीन संसदीय समितिको बैठक बस्ने
![](https://www.tukhabar.com/wp-content/uploads/2023/05/samsadiya-e1735443738703.webp)
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
जसअन्तर्गत विधायन व्यवस्थापन समिति बिहान ११ बजे बस्नेछ । सो बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने संसदन् सचिवालयले जनाएको छ ।
त्यस्तै, आज दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुनेछ ।
यसैगरी, बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सो बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।