आज यी तीन प्रदेशमा हिमपातको सम्भावना
![](https://www.tukhabar.com/wp-content/uploads/2024/07/mausam_bivag.webp)
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, त्यसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–ूभागमा मौसम मुख्यतया सफा रहेको भने तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ ।
यस्तै, आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भू–भागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
ती क्षेत्रहरुमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।