साइकल यात्रीलाई हेटौंडामा स्वागत
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/55.jpg)
मकवानपुर । साइकल सिटी हेटौंडाले सोमबार महाकालीदेखि मेचीसम्मको साइकल यात्रामा रहेका ४ जना साइकल यात्रीलाई स्वागत गरेको छ।
महाकालीदेखि मेचीसम्म साइकल यात्राको क्रममा पाचौं दिन सोमबार हेटौंडा आइपुगेको टोलीलाई साइकल सिटी हेटौंडाले स्वागत गरेको हो ।
उक्त टोलीमा रहेका तरहरा साइक्लिङ्ग क्लबका रमेस भण्डारी, शन्तोष राजोपाध्यय श्रेष्ठ, बहादुर तामाङ र प्रेम तामाङलाई यात्रा सफलताको शुभकामना दिँदै वातावरण मैत्री साइकलबाट मेची, महाकाली गर्दै जनमानसमा साइकल चढ्न प्रेरित गरेकोमा साइकल सिटि हेटौंडाका अध्यक्ष लेखनाथ ढकालले यात्रीहरुलाई धन्यवाद दिए । उनले आम जनसमुदायलाई पनि साइकल चढ्न आह्वान गरे ।
निवर्तमान अध्यक्ष दिपक खड्काले साइकल यात्रीहरुमा हौसलाको लागि गरिएका यस्ता क्रियाकलापलाई साइकल सिटीले सँधै साथ दिने बताए । त्यस्तै सल्लाहकार रामकुमार श्रेष्ठले कार्यक्रममा बोल्दै यात्रा सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रदिप थापा, महासचिव राम प्रसाद फुँयाललगायत कार्यसमिति विभिन्न पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।