अंशबण्डाको विवाद हुँदा महिलामाथि खुकुरी प्रहार प्रयास
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा पारिवारिक अंशबण्डाको विषयमा एक महिलामाथि खुकुरी प्रहार प्रयास भएको छ । सोमबार स्थानीय उषा तामाङमाथि खुकुरी प्रयास भएको हो ।
तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् । सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयास भएको बुझिइएको छ ।
तामाङलाई उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका–५ का सुन्दर अधिकारीले खुकुरी प्रहार प्रयास भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीका अनुसार, खुकुरी प्रहारको प्रयास गर्ने उनीमाथि प्रहरीमा उजुरी परेको छ । उक्त विवाद अहिले अदालतमा पनि विचाराधीन रहेको खुल्न आएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अुनसन्धान गरिरहेको छ ।