१९ वटा वाणिज्य बैंकले साधारणसभा बोलाए
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
काठमाडौं । १९ वटा वाणिज्य बैंकले साधारणसभा बोलाएका छन् । सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा बोलाएका हुन् ।
यसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंक साधारणसभा हुन बाँकी रहेको छ । साधारणसभा हुन बाँकी बैंकहरुमा क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।
एनआईएमबीको आगामी फागुन १५ गते र एनआईशी एशियाको फागुन २२ गते साधारणसभा हुनेछ । एनआईशी एशियाले मंगलबारमात्रै साधारणसभा घोषणा गरेपछि यो संख्या १९ पुगेको हो ।