जसपा नेपालले भूमी सम्बन्धि अध्यादेशलाई समर्थन नगर्नेे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमी सम्बन्धि अध्यादेशलाई समर्थन नगर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।
तीमध्ये भूमी सम्बन्धि अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले जनाएको छ ।
अन्य ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जनाइएको छ ।