इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ माघ २९,मंगलवार १८:५९
सांकेतिक तस्वीर

काठमाडौं । पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ टौखेल शालिकमार्गस्थित एक घरमा इनार खन्ने क्रममा पुरिएर कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा गाउँपालिका–५ का ४० वर्षीय लिडे उराँव रहेका छन् । सुमित्रा शर्मा पौडेको घरको कम्पाउण्डमा निर्माणाधीन इनारमा पुरिएको उनको मृत्यु भएको हो ।

माथिबाट माटो खसेर पुरिएपछि अचेत भएका उनलाई तत्काल काठमाडौंको सतुंगलस्थित नेपाल एपीएफ अस्पतालमा लगिएको थियो ।

कामदार पुरिएको सुचना पाएसँगै नेपाल प्रहरी र सशस्त्रको विपद् व्यवस्थापनको टोली खटिएर कामदारको उद्धार गरेर अस्पताल पुर्याएको थियो ।