नेसपा नयाँ शक्तिको मतदान सम्पन्न
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/nayasakti-e1739327115764.jpg)
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान सम्पन्न भएको छ ।
मंगलबार राति अबेर मतदान सकिएको नेसपा नयाँ शक्तिका नेता रुपनारायण श्रेष्ठले जानकारी दिए ।
एक नेताका अनसार, आज बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी रहेको छ ।
पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको हो ।
अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको हो ।
महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।