हमास र इजरायलबीच फेरी युद्ध सुरु हुने संकेत

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार ०८:१८

काठमाडौं । इजरायल र हमासबीच फेरी युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने घोषणा गरेका हुन् ।

यसअघि हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो ।

हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने भनिएको थियो ।

ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि मंगलबार युद्ध अन्त्यको चेतावनी दिएका हुन् ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो ।

यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो र १९ जनवरीदेखि सम्झौता कार्यान्वयन भएको थियो ।

यो सम्झौतासँगै एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेको थियो । सोही अन्तर्गत शनिबार हमासले तीन इजरायली बन्दी रिहा गर्ने तयारी गरेको थियो ।