बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार ०८:५५

मकवानपुर । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिइएको छ ।

प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री लामा युनाइटेड अरब इमिरेट्स दुबई जाने भएपछि कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले जनाएको छ ।

कृषि मन्त्री श्रेष्ठले आज (माघ २९ गते) देखि मुख्यमन्त्री लामा स्वादे नपिर्कसम्मका लागि कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्री लामा दुबईमा आयोजना हुने वल्र्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन ३० माघमा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।