हेटौंडामा गुडिरहेको अटोमा चित्तल ठोक्किँदा ५ जना घाइते
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
मकवानपुर । मकवानपुरको हेटौंडामा गुडिरहेको अटोमा चित्तल ठोक्किँदा पाँच जना घाइते भएका छन् ।
आज (बुधबार) बिहान ११ बजेको समयमा हेटौंडा–९ स्थित रसल बोर्डिङ स्कुल नजिकै गुडिरहेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा चालकसहित पााच जना घाइते भएको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, पदमपोखरिबाट गुम्बा चोकतर्फ आउँदै गरेको उक्त अटोमा जंगलबाट अचानक आएको चित्तल ठोक्किँदा अटो पल्टिएको थियो ।
अटो पल्टिँदा चालक हेटौंडा–१२ का ४२ वर्षीय नरबहादुर तामाङ, अटोमा सवार हेटौंडा–१२ बस्ने वर्ष ३० की बिन्दा स्याङ्तान, वर्ष २९ की रिता स्याङ्तान, वर्ष ९ को रिदिक स्याङ्तान, वर्ष १४ की फरायरी बल घाइते भएका हुन् ।
घाइतेमध्ये अटो चालक नरबहादुरलाई उपचारको लागि हेटौंडा अस्पतालतर्फ पठाइएको छ भने अन्यको सामान्य रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
उक्त घटना पश्चात चित्तल जंगलतर्फ नै भागेको जनाइएको छ ।