कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको (प्रशिक्षण तर्फ) को निर्देशक पदमा दुई जना नियुक्त भएका छन् ।
नियुक्त हुनेहरुमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र (अनुसन्धान तर्फ) को निर्देशक पदमा चितवनका डा. सञ्जय महतो थारू रहेका छन् ।
पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उनीहरूलाई धारा ३६ (घ) बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उक्त प्रतिष्ठान नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठन गरिएको हो ।