हेटौंडा सिटी कलेजको खेलकुद सप्ताह सुरु

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार १७:४८

मकवानपुर । हेटौंडा सिटी कलेज तथा जेनिथ माध्यामिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत खेलकुद सप्ताह सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, पिप्लेमा अवस्थित उक्त कलेजले बुधबार विहान तीन किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दै खेलकुद सप्ताह सुरु गरेको हो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको प्रमुख आतिथ्यता तथा वडा नम्बर ५ का वडा अध्यक्ष सुशील घिमिरेको विशेष आतिथ्यतामा भएको हो ।

दौड प्रतियोगितामा २१ जना छात्रहरुले सहभागिता जनाएका थिए । हेटौंडाको बुद्धचोकबाट सुरु भई कलेज परिसरमा पुगेर समापन भएको दौड प्रतियोगिताको प्रथम अजिम खान, द्धितीय रोशन चौधरी र तृतीय मधुसुदन अर्जेल भएका छन् ।

यसैगरी, एक सय मिटर दौड प्रतियोगितामा भने मधुसुदन अर्जेल प्रथम, साजन मोक्तान द्धितीय र उज्वल श्रेष्ठ तृतीय भएका छन् । छात्रातर्फ भने सवनम खातुन प्रथम भएको विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले बताए ।

कार्यक्रम क्याम्पसका अध्यक्ष रमिता पाण्डेको सभाध्यक्षतामा भएको हो ।

खेल सप्ताह अन्तरगत छात्रछात्राको फुटबल, भलिबल, क्रिकेट, टेबुल टेनिस, ब्याडमिन्टन, म्युजिकल चियर, क्वीज प्रतियोगिा, बुद्धीचाल, हाइजम्प, लमजम्प, ईन्टरनेट गेम कोडी, ई फुटबल लगायत अन्य खेलहरु हुने प्रिन्सिपल कार्कीले जानकारी दिए ।

प्रतियोगितामा कक्षा ११ र १२ का साथै स्नातक तह अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ ।