आज विश्व रेडियो दिवस

तु खबर संवाददाता
२०८१ फाल्गुन १,बिहीबार ०८:१४

मकवानपुर । आज विश्व रेडियो दिवस देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष पुगेको छ । अहिले देशका सबैजसो जिल्लामा एफ.एम. रेडियो स्थापना भएका छन् ।

नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।