बागमती गाउँपालिकामा आज सार्वजनिक विदा
![](https://www.tukhabar.com/wp-content/uploads/2020/07/bagamati-gaupalika.jpg)
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ । जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले आज सार्वजनिक विदा दिएको हो ।
माघ ३० गते बुधबार बसेको गाउँ कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको पालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ ।
पालिका मातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बाहे्कका सबै सरकारी कार्यालय, शैक्षिक संस्थालगायत विभिन्न संघसंस्थामा हुने सेवा प्रवाह सुचारु नहुने पालिकाले जनाएको छ ।