आईपीओ निष्कासन गर्दै सालपा विकास बैंक

तु खबर संवाददाता
२०८१ फाल्गुन १,बिहीबार १०:३५
file-photo

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासन गर्दैछ । बैठकले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्तावसहित तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको हो ।

सभाले आईपीओ निष्कासन गर्ने र यसका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

साथै गत आवको वार्षिक प्रतिवेदनहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमी निर्धारण गर्ने एजेण्डा पनि रहेको जनाइएको छ ।