कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक
![](https://www.tukhabar.com/wp-content/uploads/2019/04/rastiye-parichya-bood.png)
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी २०८२ साल वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार, वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो ।
परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको छ ।
परीक्षाको लागि बोर्डले माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो ।