आज मौसम मुख्यतया सफा रहने

तु खबर संवाददाता
२०८१ फाल्गुन २,शुक्रबार ०८:३९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको र कोशी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको हो ।

महाशाखाका अनुसार, बिहानीको तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ । यस्तै, आज दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने रातको समयमा पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।