पानीमा डुबेर युवकको मृत्यु

तु खबर संवाददाता
२०८१ फाल्गुन २,शुक्रबार १०:३९
सांकेतिक तस्वीर

धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर बिहीबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन राना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।