अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2020/07/arrest.jpg)
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिराहा सिराहा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई काठमाडौं कोटेश्वरबाट बुधबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितबाट २१ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा निजलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाएको जनाइएको छ ।