सुधार केन्द्रमा पुरुषको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
बारा । कलैयाको नवजन्म सुधार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका –९ रामपुर टोलका अन्दाजी ३४ वर्षे धिरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मण्डललाई कलैयास्थित बैंक रोडमा रहेका नवजन्म सुधार केन्द्रमा नशामुक्त गराउन भर्ना गरी राखिएको थियो । मण्डलको खुट्टाको बुढीऔंलामा चोट देखिएको तथा उनको परिवारले प्रहरीमा जाहेरी दिएपछि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
मृतक मण्डलको शव परीक्षण गर्न प्रादेशिक अस्पताल कलैयामा पठाएको प्रहरीले जनाएको छ ।
सुधार केन्द्रमा रहेका एक जना सञ्चालकसहित ६ जनालाई पक्राउ गरी सोधपुछ प्रकृया अगाडि बढाइएको छ ।
मृतक मण्डललाई सुधार केन्द्रमा १५ दिन अघि मात्रै भर्ना गरिएको बुझिइएको छ ।