दक्षिण कोरियामा निर्माणाधीन रिसोर्टमा आगलागी हुँदा ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ फाल्गुन २,शुक्रबार १६:१६

सोल । दक्षिण कोरियाको बुसान सहरमा निर्माणाधीन एउटा रिसोर्टमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

बुसान अग्नि नियन्त्रक निकायका अनुसार बिहान करिब १०ः२० बजेको समयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । जमिन माथि १२ तला र मुनि ३ तला रहेको तीन वटा भवनमा आगलागी भएको हो ।

दर्जनौं दमकलकर्मीहरू सहायताले आगो निभाउने प्रयास भएको थियो । आगलागीपछि करिब १०० जना कामदारहरू घटनास्थलबाट बाहिर निस्कन सफल भएको जनाइएको छ ।

घटनामा २५ जनालाई सामान्य चोटपटक लागेको छ । इन्डोर स्वीमिङ पुल नजिक रहेको इन्सुलेशन मटेरियल लोड भइरहेको ठाउँमा आगोलागी भएको बुझिइएको छ ।

घटनास्थलबाट १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

कति जना भित्र फसेका छन् भन्ने अझै स्पष्ट भइनसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।–एजेन्सी