गण्डकी प्रदेश सभाबाट अस्थायी कर्मचारी भर्ना गर्ने सम्बन्धी अध्यादेश स्वीकृत
![](https://www.tukhabar.com/wp-content/uploads/2021/06/gandaki-pradeshsabha.jpg)
पोखरा । गण्डकी प्रदेश सभाबाट अस्थायी कर्मचारी भर्ना गर्ने सम्बन्धी अध्यादेश स्वीकृत भएको छ ।
प्रदेश सरकार आफैले बनाएको करारमा कर्मचारी राख्न निजामती सेवा ऐन बाधक भएपछि ल्याएको अध्यादेश शुक्रबारको संसद् बैठकबाट स्वीकृत भएको हो ।
बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वीकृतीका लागि प्रस्तुत गरेका थिए । सभामुख कृष्णप्रसाद धितालले उक्त अध्यादेश सर्वसम्मतीले पारित भएको घोषणा गरे हुन् ।
उक्त अध्यादेश गत २१ गते संसदमा पेश गरिएको थियो । अस्थायी कर्मचारी नियुक्त गर्ने अध्यादेश संसद्बाट बहुमतले स्वीकृत भएसँगै सरकारले फेरि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक संसद्मा ल्याउने छ ।