भक्तपुरमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ फाल्गुन २,शुक्रबार १६:३३

काठमाडौं । भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया केकई मग्रराती मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चाँगुनारायण नगरपालिका–३ कोल्पाकोटस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले ठक्र दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गाडीको ठक्करबाट घाइते भएकी सोही नगरपालिका वडा नम्बर ५ पिखेल बस्ने उनको काठमाडौं मेडिकन अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना गराउने चालक ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।