स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा घिमिरे
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/swotantra-sangh-makawanpur-e1739534293509.jpg)
मकवानपुर । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे (अनुराग) निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न चौथो अधिवेशनबाट घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र कार्की, सचिवमा बसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः नवीन चौधरी, सुमिना चौलागाईं र प्रमोद सहनी चयन भएका छन् ।
नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
संघका निर्वमान अध्यक्ष गोकुल अधिकारी सभाध्यक्षता एवम् केन्द्रीय समिति उपमहासचिव सुरेश श्रेष्ठको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।