कांग्रेसमा वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी

तु खबर संवाददाता
२०८१ फाल्गुन २,शुक्रबार १८:१४
file-photo

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी गरिएको छ । कार्यसमतिको म्याद एक वर्ष थप्ने तयारी गरेको हो ।

शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग यसबारे राय मागेका हुन् ।

बैठकमा उनले आफ्नो समूहका नेताहरूसँग एक वर्ष कार्यसमितिको म्याद थपेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने विषयमा छलफल गरेका हुन् ।

बैठकमा नेता कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा.प्रकाशशरण महत र एनपी साउद सहभागी बैठकमा पार्टीलाई एकढिक्का बनाएर कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको प्रवक्ता डा. महतले बताए ।