दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

नवलपुर (पूर्व) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।
प्रहरीका अनुसार, जङ्गलमा बिग्रिएर रोकिराखेको लु २ ख ४१६६ नम्बरको टिपरमा ना ३८ प १२७५ नम्बरको मोटरसाइकल ठोक्किए दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।