सिंहदरबारमा सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक जारी

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक हाल जारी छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको सहभागिता रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने उनको भनाई छ ।
यसअघि शनिबार सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेको थियो ।