बसको ठक्करबाट बालकको मृत्यु

धनगढी । बाजुरामा आइतबार बिहान बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लको साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले वनाएको छ ।
मृत्यु हुनेमा स्थानीय वर्ष ८ को नयन पाध्याय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर मृतक बालकका आमा वर्ष ५० की बिस्णा पाध्याय घाइते भएकी छन् । घाइते उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सु .प .प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमा–छोरालाई ठक्कर दिएको थियो ।
बस चालक कैलालीको धनगढी उपमहानगरपालिका –४ बस्ने ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।