लागूऔषधसहित मकवानपुरका एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको थाहा नगरपालिका–२ इन्द्रायणी बस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्मो ३० ट्याब्लेट र स्टागन ५० ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–२ देउला टोल बस्ने २७ वर्षीय दिनेश देउला रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।