मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिजीका ८ सिट

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तह (पिजी) अध्यापनका लागि ८ सिट दिइएको छ ।
चिकित्सा शिक्षा आयोगले उक्त प्रतिष्ठानलाई पिजीका ८ सिट दिएको छ । यसअघि उक्त कोर्सका लागि ७ सिट दिएको आयोगले एक सिटलाई पुनः विचार गर्दै ८ सिट दिएको हो ।
आयोगले गत माघ १६ बिहीबार सार्वजनिक गरेको पिजी सिटको विवरणअनुसार प्रतिष्ठानले जनरल प्राक्टिस एड इमरजेन्सी मेडिसिन (एमडिजिपी)मा एक सिट मात्र पाएको थियो ।
आयोगले तोकेको मापदण्ड भित्र रहेर विभिन्न ९ वटा विषयमा प्रतिष्ठानले १८ वटा सिट मागेको थियो । आयोगबाट गएको विज्ञ टोलीले पनि प्रतिष्ठानको निरीक्षणपश्चात प्रतिष्ठानले मागेको सिट उपलब्ध गराउँदा एक सिट मात्र दिएको थियो ।
प्रतिष्ठानले अब्सटेट्रिक्स एन्ड गाइनो, इन्टर्नल मेडिसिन, जेनेरल सर्जरी, एमडिजीपी, पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, फार्माकोलोजी/क्लिनिकल फार्माकोलोजी, अर्थोपेडिक्स/अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी र पेरिडोन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलीजीका लागि सिट माग गरेको थियो ।
आयोगले भने ९ वटा विषयमध्ये जम्मा एउटा विषयमा एक जना मात्र पढ्न मिल्ने गरी प्रतिष्ठानलाई सिट संख्या तोकेपछि प्रतिष्ठानका प्रमुखसहित चिकित्सक संघले विरोध गरेको थियो । चौतर्फी आलोचना पश्चात आयोगले पुनः विचार गर्दै ८ सिट प्रदान गरेको हो ।
आयोगले पीजीमा विभिन्न विषयमा १ हजार २६ सिटमा अध्यापन गराउने तयारी गरेहको छ ।