राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ पारित भएको छ ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई सर्वसम्मतिबाट पारित भएको हो ।
बैठकमा सरकारको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भनि प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही फागुन ६ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।