नेविसंघ मकवानपुर क्याम्पसको अध्यक्षमा घिमिरे
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/mmc-1.jpg)
मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईं समितिको अध्यक्षमा सागर घिमिरे सर्वसम्मत चयन भएका छन् ।
संघका केन्द्रीय सदस्य उमेशलाल स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको भेलाबाट घिमिरेको अध्यक्षतामा ४४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिमा उपाध्यक्ष उत्सव न्यौपाने, निरप्रताव सिंह, प्रशान्त सापकोटा र अजित घिमिरे चयन भएका छन् भने सचिवमा क्रमशः उत्सव ढुंगाना र प्रमेश्वर अधिकारी चयन भएका छन् ।
यसैगरी, इकाईको सहसचिव प्रज्ज्वल अधिकारी, निमिमा ढुंगाना विमला अधिकारी र राज चौलागाईं चयन भनएका छन् भने कोषाध्यक्ष क्रिशन थिङ चयन भएका छन् । इकाईको सदस्यहरुमा क्रमशः विज्ञान विडारी, उचित बजागाईं, मनिस बर्तौला र लोनिस सापकोटालगायत रहेका छन् ।