भन्सार छलीको मोटरसाइकलसहित हेटौंडाका गुरुङ पक्राउ

तु खबर संवाददाता
२०८१ फाल्गुन ४,आईतवार १७:३८
सांकेतिक तस्बिर

काठमाडौं । भन्सार छलीको मोटरसाइकलसहित हेटौंडाका सुजल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्वर २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी घर भई हाल काठमाडौंको थली बस्ने २२ वर्षीय गुरुङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

गुरुङलाई प्रदेश ३–०२–०२० प ९८ ७९ नम्बरको केटीएम ड्युक लेखिएको मोटरसाइकल चलाई हिँडेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको खुल्न आएको र निजलाई पक्राउ गरिएको हो ।

मोटसाइकलसहित पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।