आज देशका उच्च भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

तु खबर संवाददाता
२०८१ फाल्गुन ५,सोमबार ०९:००

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज सात वटै प्रदेशका आंशिक बदली रहनेछ भने मधेस र लुम्बिनीबाहेकका पाँच वटा प्रदेशमा हिमपातको सम्भावना रहेको छ । राति भने यो प्रदेशमा बदलीमात्र हुने जनाइएको छ ।