बागमती प्रदेश सरकारको १३ अर्ब बढी बजेट खर्च

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको अवधिमा १३ अर्बभन्दा बढी बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले चालु आवको गत साउन महिनादेखि माघ मसान्तसम्म विनियोजित कुल रकमको २० दशमलव १८ प्रतिशत अर्थात १३ अर्ब २ करोड ७० लाख रुपैयाँ बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । सरकारले गत पुस मसान्तसम्म १६ लदशमलव २७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च गरेको थियो ।
चालु आर्थिक वर्ष २०८१–०८२ को माघ मसान्तसम्म बागमती प्रदेशको बजेट खर्च पुँजीगतमा भन्दा चालुमा झण्डै ८ अर्ब रुपैयाँ बढी निकासा भएको छ । कुल बजेट खर्चमध्ये चालूतर्फ ७ अर्ब ७२ करोड ६ लाख ९२ हजार र पुँजीगततर्फ ५ अर्ब ३० करोड ६३ लाख ५१ हजार खर्च भएको जनाइएको छ ।
यस आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ९४ करोड १९ लाख ३१ हजार र पुँजीगततर्फ ३७ अर्ब ९ करोड ८४ लाख ९९ हजार बजेट विनियोजन भएको थियो ।