एकैदिन १२०० रुपैयाँ बढ्यो सुनको भाउ

तु खबर संवाददाता
२०८१ फाल्गुन ५,सोमबार १०:४९

काठमाडौं । आइतबारको तुलनामा आज एकैदिन सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँ बढेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।