सरकारले ल्याएको अध्यादेशबारे धेरैले समर्थन गरेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको अध्यादेशबारे धेरैले धन्यवाद दिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै अध्यादेशबारे व्यापक समर्थन रहेको जिकिर गरेका हुन् ।
उनले भने, ‘हामीले २९ वटा कानुन हेरफेर ग¥यौँ । ६ वटा अध्यादेशमा समेट्यौँ । अध्यादेशमा व्यापक समर्थन छ । धेरैले धन्यवाद भनेका छन् ।’
उनले कानून निर्माण गर्ने काम अगाडि बढिरहेको जनाएको छ ।