लागूऔषधसहित हेटौंडाका एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ फाल्गुन ५,सोमबार १६:३८

मकवानपुर । अवैध लागूऔषधसहित पूर्व–पश्चिम सडकखण्ड अनतर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने वर्ष १९ को दिपु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्ष श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उनलाई आइतबार दिउँसो साढे १२ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट लागूऔषध ओनरेक्स ५ बोतल र नाईट्राजेपाम ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत हेटौडाबाट दिन ७ को म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।