आज झण्डै ३० अंकले बढ्यो नेप्से
![](https://www.tukhabar.com/wp-content/uploads/2021/05/nepal-stock-exchange.jpg)
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, यसदिन नेप्से २९ दशमलव ८७ अंकले बढ्दै २ हजार ७२७ दशमलव ९१ को बिन्दुमा पुगेको हो ।
यस्तै, आज १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ ।
यसदिन ६ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमा भने नेगेटिभ सर्किट लागेको जनाइएको छ ।