क्यानडाको टोरन्टो विमानस्थलमा विमान पल्टियो

तु खबर संवाददाता
२०८१ फाल्गुन ६,मंगलवार ०८:४७
तस्बिरः बीबीसी न्युज

काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएर दुर्घटना भएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।

स्थानीय समय अनुसार दिउँसो करिब पौने ३ बजेको समयमा उक्त विमान रनवेको किनारमा उत्तानो परेको जनाइएको छ । उक्त विमानमा ८० यात्रु सवार रहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

विमान दुर्घटनाको कारण भने हाल नखुलेको बुझिइएको छ ।–एजेन्सी