एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल

तु खबर संवाददाता
२०८१ फाल्गुन ६,मंगलवार ०९:०४

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दहाल चयन भएका छन् ।

एकीकृत समाजवादीको बागमती प्रदेश अन्तर्गत भएको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा दहाल सर्वसम्मत चयन भएका हुन् ।

यही फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा चयन गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले बताए ।

यसैगरी, उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित भएका छन् ।

दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।