अवैध लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ फाल्गुन ६,मंगलवार ०९:१५

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा चोकबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध फेनारगन १९ एम्पुल, बुप्रेनोर्फिन १९ एम्पुल र डाइजेपाम १९ एम्पुलसहित सोमबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ मिलन चोक बस्ने २७ वर्षीय दिपेश चौधरी रहेका छन् ।

उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।