प्रेस सेन्टर बागमती प्रदेशको नेतृत्व मकवानपुरका अधिकारीलाई

तु खबर संवाददाता
२०८१ फाल्गुन ६,मंगलवार ०९:२८

मकवानपुर । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको नेतृत्व मकवानपुरका धु्रव अधिकारीलाई दिएको छ ।

सेन्टर बागमतीको सिन्धुपाल्चोकमा सम्पन्न पाँचौ अधिबेशनले सर्वसम्मत रुपमा अधिकारीलाई नेतृत्वको जिम्मा दिइएको हो ।

यस्तै, सेन्टरको उपाध्यक्ष खुलामा राजन अधिकारी, उपाध्यक्ष समावेशीमा गौतम जिरेल, उपाध्यक्ष महिलामा अन्जली तामाङ, महासचिवमा नवीन श्रेष्ठ, सचिव खुलामा सुमन गैरे, सचिव खुलामा मणि सुन्दर कोइराला चयन भएका छन् ।

यसैगरी, सचिव जनजातिमा रोजन तामाङ, सचिव महिलामा भावना रिजाल, सचिव दलितमा गम्भीर विक, कोषाध्यक्षमा राजेन्द्र गजुरेल, लेखा संयोजकमा बाल गोविन्द न्यौपाने, अनुशासन संयोजकमा मिना श्रेष्ठ लगायतका चयन भएका छन् ।